सर्लाहीमा ७३ लाख बराबरको ११ बोरा मोबाइल बरामद
४ असोज, सर्लाही। सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा राजस्व छली गरी ल्याइँदै गरेको मोबाइल सेट नियन्त्रणमा लिएको छ।
प्रहरीको अनुसार, गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०३-०१ ख ३३८८ नम्बरको बसलाई चेकजाँच गर्दा बसको पछाडिको डिक्कीमा लुकाएर राखिएको ११ बोरा मोबाइल सेट फेला परेको हो।
चेकजाँचको क्रममा उक्त मोबाइल सेटहरूको कुनै पनि वैध भ्याट बिल नभएको र बसमा राखिएको ५५० पिस मोबाइलको मूल्य करिब रू. ७३ लाख ८४ हजार ४०८ बराबर रहेको बताइएको छ। प्रहरी टोलीले नियन्त्रणमा लिएको सामानलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्नका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ।

प्रहरीले यो घटनालाई ठूलो राजस्व छलीको संज्ञा दिँदै यसबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment