मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै

सारांश

  • मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरूमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आज साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
  • यस समितिका सभापति जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो ।
  • प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ ।

४ असोज, जनकपुरधाम-  मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदै छ ।मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरूमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आज साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस समितिका सभापति जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो ।प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ । जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरूबाट मनोनयन दर्ता गर्ने तालिका रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिनकुमार ठाकुरले जानकारी दिए ।अपराह्न साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए । निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समितिको सभाकक्षमा हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
मुलुकमा राजतन्त्रको कुनै औचित्य छैन, माधव नेपाल
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...