मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सारांश

  • रौतहटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ ।
  • जिल्लाको कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति ७ बजे मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।
  • दुर्घटनामा कटहरिया नगरपालिका–९ डुमरियाका वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

 

४ असोज, रौतहट । रौतहटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ ।जिल्लाको कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति ७ बजे मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।दुर्घटनामा कटहरिया नगरपालिका–९ डुमरियाका वर्ष २६ का रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार सम्भव नभएपछि  थप उपचारको लागि प्रादेशिक अस्पताल  गौर पठाइएकोमा उपचारकै क्रममा  मृत्यु भएको  इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृतकको शवपोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?