११ श्रावण २०८२, शनिबार

हङकङ : कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु

 

३ असोज , हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो रनवे कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु भएको छ।बिहीबार बिहान चेकलाप ककस्थित रनवेमा काम गरिरहेका कामदार बहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।बिहान करिब सवा ११ बजे ड्युटीमा रहेका बेला बेहोस बनेका उनलाई सहकर्मीहरूले देखी आपत्कालीन सेवामा खबर गरेका थिए।घटनास्थल आइपुगेका प्यारामेडिकले सास फेरिरहेको बताएपछि सरकारी उडान सेवाले तुरुन्त हेलिकोप्टरमार्फत पूर्वी अस्पताल पठाएको थियो। तर, अस्पतालको आकस्मिक सेवामा पुर्‍याइएका उनलाई त्यहीँ मृत घोषित गरिएको थियो। अधिकारीहरूले मृत्युको कारणबारे अनुसन्धान भइरहेका जनाएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?