२६ जेष्ठ २०८२, आईतवार

छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह

 

२ असोज , काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर सहकारी ठगहरुलाई कारबाही गरिने बताएका छन्। Worldlink adsगणेशमान सिंहको २७औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउन्डेसनले बुधबार काठमाडौंमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसद्ले निर्देशन गरिसकेकाले सरकारले कार्यान्वयन गर्ने बताएका हुन्।उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्‌बाट कार्यान्वयनका लागि अघि बढ्ने जानकारी दिए। सिंहले नेपालको परिवर्तन र जनताको अधिकार स्थापित गर्न स्व. गणेशमान सिंहले खेलेको भूमिकाको स्मरण गरे।गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए। जनआन्दोलनपश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर, उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?