छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
३३ पटक हेरिएको
Shares
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह

सारांश

  • उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर सहकारी ठगहरुलाई कारबाही गरिने बताएका छन्।
  • गणेशमान सिंहको २७औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउन्डेसनले बुधबार काठमाडौंमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसद्ले निर्देशन गरिसकेकाले सरकारले कार्यान्वयन गर्ने बताएका हुन्।
  • उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्‌बाट कार्यान्वयनका लागि अघि बढ्ने जानकारी दिए।

२ असोज , काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर सहकारी ठगहरुलाई कारबाही गरिने बताएका छन्। Worldlink adsगणेशमान सिंहको २७औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउन्डेसनले बुधबार काठमाडौंमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसद्ले निर्देशन गरिसकेकाले सरकारले कार्यान्वयन गर्ने बताएका हुन्।उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्‌बाट कार्यान्वयनका लागि अघि बढ्ने जानकारी दिए। सिंहले नेपालको परिवर्तन र जनताको अधिकार स्थापित गर्न स्व. गणेशमान सिंहले खेलेको भूमिकाको स्मरण गरे।गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए। जनआन्दोलनपश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर, उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात
नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ