घरमा खेलिरहेकी बालिका बेपत्ता, बाघले लगेको आशङ्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२५ पटक हेरिएको
Shares
घरमा खेलिरहेकी बालिका बेपत्ता, बाघले लगेको आशङ्का

सारांश

  • घरको आँगनमा खेलिरहेकी बालिका बेपत्ता हुनुभएको हो ।
  • बालिकालाई जङ्गली जनावरले लगेको आशङ्का गरिएको छ ।
  • जिल्लाको खजुरा गाउँपालिका वडा नं.

 

३१ भदौ , बाँकेमा एक बालिका बेपत्ता हुनुभएको छ । घरको आँगनमा खेलिरहेकी बालिका बेपत्ता हुनुभएको हो ।Worldlink adsबालिकालाई जङ्गली जनावरले लगेको आशङ्का गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नं. ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको छ ।  बालिका पुन आइतबार राति आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिनुभयो ।सूचना अधिकारी बुढामगरका अनुसार आइतबार राति अन्दाजी ८ बजेको समयसम्म घरको आँगनमा खेलिरहनु भएको बालिका त्यसपछि बेपत्ता हुनुभएको थियो । उहाँका अनुसार बालिकालाई उहाँका अभिभावकले नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घरको नजिकै सामुदायिक वन रहेको र उक्त वनमा बाघलगायतका जङ्गली जनावरसमेत देखिने गरेकाले बालिकालाई कुनै जङ्गली जनावरले लगेको हुन सक्ने आशङ्का गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?