प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

सारांश

  • आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।
  • यही भदौं २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
  • सो बैठकमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतमाथि थप छलफल गरेर निर्णय लिने निष्कर्षसहित सकिएको थियो ।

 

३१ भदौ ,काठमाडौं । आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।Worldlink adsयही भदौं २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । सो बैठकमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतमाथि थप छलफल गरेर निर्णय लिने निष्कर्षसहित सकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा थप छलफल गरेर निश्कर्षसहित एक जनाको नाम सिफारिस गर्ने तयारी रहेको छ ।

प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । जसमध्ये वरिष्ठ न्यायाधीश प्रकाशसिंह राउत वरीयताको हिसावले अरु भन्दा अब्बल देखिन्छन् । वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुँडालको नाम परिषद्‌मा पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बस्न लागेको आजको बैठकमा प्रधानन्यायाधीश श्रेष्ठ,प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागी रहनेछन् । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जाँदैछन् । प्रधानमन्त्री अध्यक्ष हुने सो परिषद्मा विपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?