प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
३१ भदौ ,काठमाडौं । आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।यही भदौं २८ भएको बैठकबाट कुनै निर्णय हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । सो बैठकमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतमाथि थप छलफल गरेर निर्णय लिने निष्कर्षसहित सकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा थप छलफल गरेर निश्कर्षसहित एक जनाको नाम सिफारिस गर्ने तयारी रहेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment