प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २४, २०८१
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो ।
  • आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।
  • उनले भने,’आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौं ।

२४ भदौ , काठमाडौं- थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ ।बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो । आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले भने,’आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौं । यसले सेवाग्राहीलाई सहज बनाउने छ ।’काठमाडौं महानगरपालिका- ११ का वडाध्यक्ष हरिलाल तण्डुकारले वडाले स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताए । उनले सुत्केरीका लागि ‍’सुत्केरी पार्क’ बनाउने प्रतिबद्धता जनाए । अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग निरन्तर पाउनेमा विश्वास व्यक्त गरे । उनले भने,’संघीय र प्रादेशिक सरकारबाट सहयोग पाइरहेका छौं । आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा छ । अस्पतालमा आवश्यकता अनुसार बजेट नभएको अवस्थामा सहयोग प्रदान भएको छ, आभारी छौं ।’ डा.अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
ब्राउन सुगरसहित तीनजना पक्राउ
ब्राउन सुगरसहित तीनजना पक्राउ
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको शपथ आजै
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ  : चन्द्र ढकाल
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन
बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु। 
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन
पीपीएको प्रक्रियामा रहेका कम्पनीलाई ४ दिनभित्र विवरण बुझाउन विद्युत प्राधिकरणको निर्देशन