नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडी छनोट अक्सनबाट गर्ने भएकोछ ।
  • एनपिएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ ।
  • क्यानले अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी गरेको जनाएको छ ।

 

२३ भदौं, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडी छनोट अक्सनबाट गर्ने भएकोछ ।

एनपिएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । क्यानले अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी गरेको जनाएको छ । ‘खेलाडी छनोट अक्सनबाट हुनेछ । अक्सन सेप्टेम्बर अन्तिमसम्म हुनेछ । एक टोलीमा १६ खेलाडीसम्म हुनेछन् । विदेशी खेलाडी कति हुने त्यो टुङ्गो लाग्न बाँकी छ’, क्यान स्रोतले अनलाइनखबरलाई भन्यो । अब क्यानले मार्की खेलाडी चाडै नै सार्वजनिक गर्ने तयारी गरेको छ । मार्की खेलाडीमा नेपालबाट खेलेका वर्तमान टोलीका शीर्ष खेलाडी हुनेछन् । अक्सनमा न्यूनतम खेलाडीको मूल्य तय हुन पनि बाँकी छ । खेलाडीको अन्तर्राष्ट्रिय सहभागीता अनुसार अक्सन ग्रेड निर्धारण हुनेछ । त्यसै अनुसार खेलाडीले अक्सनमा न्यूनतम मूल्य तय गर्न पाउनेछन् । यसअघि २०२२/२३ मा सम्पन्न विवादित नेपाल टी-२० लिगमा भने खेलाडी ड्राफ्टबाट छनोट गरिएको थियो ।

उक्त विवादित लिगको ड्राफ्टमा ए ग्रेडका खेलाडीलाई १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका खेलाडीलाई ५ लाख मूल्य तोकिएको थियो । उक्त नेपाल टी-२० लिग भने क्यानले ८ वर्षलाई भारतीय कम्पनी सेभेन थ्री स्टारलाई बेचेको थियो । त्यसैको कारण स्टप फिक्सिङ, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाउनु, आयोजक नै फिक्सिङको मुख्य योजनाकार हुनुलगायतका थुप्रै विवादै विवादमा सम्पन्न भएको थियो । नेपाल प्रिमियर लिग क्यान आफैंले आयोजना गर्नेछ । यसै साता ८ फ्रेन्चाइज टोलीको स्वामित्व १६ करोडमा बेचेको थियो । एनपिएलमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली छन् ।

पोखरा नेपाल टी-२० क्रिकेट प्रा.लिले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँ टिम अक्सनमा खर्चेको थियो । नेपाल टी-२० लिगका ६ फ्रेन्चाइजमध्य एनपिएलमा स्वामित्व किन्ने पोखरा एक्लो टोली समेत हो । उक्त नेपाल टी-२० लिगमा स्वदेशी लगानी भएको पनि पोखरा एक्लो टोली थियो । एनपिएलमा पोखरापछि कान्तिपुर मिडिया ग्रुपले ३ करोड ३३ लाखमा काठमाडौंको टोली किनेको थियो । ड्रिम स्पोर्ट्सले जनकपुरको स्वामित्व २ करोड ५ लाख रुपैयाँमा किनेको थियो । फर्चुन हेल्थ कियरले लुम्बिनी टिमको स्वामित्व १ करोड ८६ लाखमा किनेको थियो । चितवन मेडिकल कलेजले १ करोड ६८ लाखमा चितवन टिमको स्वामित्व किनेको थियो । एमएडी ड्रिम स्पोर्ट्सले विराटनगर १ करोड ५१ लाखमा किनेको थियो । हिमालयन बिल्डर्सले १ करोड ११ लाखमा कर्णाली किनेको थियो । त्यस्तै इम्पियर स्पोर्ट्सले १ करोड ६८ लाखमा सुदूरपश्चिमको स्वामित्व किनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
logo
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
कसले के गर्दा नेपाल ग्रे लिस्टमा पर्‍यो, छिट्टै सदनमा प्रस्तुत गर्छु : अर्थमन्त्री पौडेल
लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट
लुम्बिनीले दोस्रो बलमै गुमायो विकेट
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी
ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी
नेपालगञ्जमा कर्फ्यू यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्जमा कर्फ्यू यथावत्, वार्ताको पहल हुँदै
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’