नेपालमा पढ्न र लेख्न जान्नेको संख्या दुई करोड तीन लाख
२३ भदौ, काठमाडौँ । नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न र लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् । पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् । सरकारले पहिलो पटक २०६५ सालमा साक्षर अभियानको सुरुवात गरेको थियो । तर अभियान प्रभावकारी देखिएको छैन ।
‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आइतबार ५८ औँ अन्तरर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा अभियानको समीक्षा सुरु भएको छ । साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ ।
Post Comment