२६ जेष्ठ २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चारदिने भ्रमणका लागि भारत जाँदैछन् । उनी दिउँसो १ बजे नेपाल एअरलाइन्सको उडानमार्फत भारत प्रस्थान गर्ने प्रधानमन्त्रीको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित ४७ जनाको प्रतिनिधिमण्डल रहनेछ । उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने तालिका छ ।

मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ । मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्।

त्यसपछि दुई प्रधानमन्त्रीले लन्च समेत गर्ने तालिका छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल-भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। त्यहाँ दुई देशका व्यापारीहरूसँग पनि छलफल गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?