२६ जेष्ठ २०८२, आईतवार

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 

काठमाडौँ। संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन् ।

सभामुख घिमिरेले समितिमा अनुभवप्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । सभामुख घिमिरेले प्रधानन्यायधीश नियुक्तिलगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरी समितिले काम गर्ने विश्वास व्यक्त गरे।

उनले सिफारिस भएर आएका व्यक्तिबारे समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशनभन्दा पनि आफूले स्वतन्त्रपूर्वक निर्णय गर्न समितिलाई आग्रह गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0