नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
९७ पटक हेरिएको
Shares
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल

सारांश

  • उनलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी निर्णय गरेका हुन् ।
  • राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले बुधबार सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

१२ भदौ , काठमाडौँ — नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन् । उनलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले बुधबार सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन् । साउन २४ गतेदेखि वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा नियमित अवकाश लिनका लागि एक महिने बिदामा बसिसकेका छन् । अब भदौ २४ मा नेपाली सेनाको परम्पराअनुसार शर्माले सिग्देललाई जिम्मेवारी हस्तान्तरण गर्ने छन् । सिग्देल अब २०८४ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् ।करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गरेका छन् । उनले आर्मी कमान्ड एन्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स तथा भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरो छन् । सेनाका अनुसार सिग्देलले पदिक पृतना,बाहिनी र गणको कमाण्ड गर्नुका साथै प्रतिविद्रोह तथा जङ्गल वारफेयर स्कुलको कमान्डेन्टको रूपमा जिम्मेवारी समेत निर्वाह गरेका छन् । उनले युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधान सेनापतिको सैनिक सहायककोरुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्

सिग्देलले अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरुमा सहभागिताका बाहेक संयुक्त राष्ट्र संघीय शान्ति सैनिककारुपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेको अनुभव छ । साथै, उनले सुप्रवल जनसेवाश्री तेस्रो लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक र मानपदवीहरुबाट विभूषित भएका छन् । उपरथीबाट रथीमा बढुवा हुँदा सिग्देलमाथि नागरिकता र शैक्षिक पत्र गडबल गरेको अरोप लागेको थियो । तर तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले सिग्देलको नागरिकता र शैक्षिक प्रमाण पत्रमा कुनै पनि त्रुटि नगरेको भन्दै रथीमा बढुवा गर्‍यो । त्यसपछि उनको प्रधानसेनापति बन्न बाटो खुलेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
छुट्टै वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने गृहमन्त्री लेखकको घोषणा
छुट्टै वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने गृहमन्त्री लेखकको घोषणा
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड
चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ बैंकरलाई मृ*त्युदण्ड