पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु
९ भदौ , पाकिस्तान । पाकिस्तानको आजाद पाटन शहरनजिक र मकरान सामुद्रिक तटीय राजमार्गमा आइतबार भएका दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।![]()
पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित काश्मिरको सिमानामा पर्ने आजाद पाटनमा भएको दुर्घटनामा २२ र अर्को एक दुर्घटनामा १२ गरी ३४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । पञ्जाबको रेस्क्यु ११२२ आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले घटनाको पुष्टि गर्दै भने, “अहिलेसम्म १५ पुरुष, ६ महिला र एक बच्चासहित २२ जनाको मृत्यु भएको छ । उद्धार सेवाका अर्का प्रवक्ता मोहम्मद उस्मान गुज्जरले गाडी सडकबाट चिप्लिएर एउटा खोल्सामा खसेको बताए । अर्को एक दुर्घटनामा बलुचिस्तानको मकरान सामुद्रिक तटीय राजमार्गमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । “निकै घुम्तीहरू भएको सडकमा तीव्र गतिमा रहेको बसलाई चालकले नियन्त्रणमा लिन नसक्दा बस गहिरो खाल्डोमा खसी भएको र कम्तीमा १२ जनाको मृत्यु भएको,” घटनास्थलमा रहेका प्रहरी अधिकारी असलम बङ्गुलजईले बताए।
![]()
इरानी ट्राफिक प्रहरी प्रमुख तेमुर होसेनीले भिरालो सडकमा बसमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई खोल्सामा खसी दुर्घटनाग्रस्त भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । पाकिस्तानमा पहाडी क्षेत्रमा कच्ची सडक, पूराना यातायातका साधन, अत्यधिक भार र चालकको लापर्बाहीका कारण सडक दुर्घटना हुने गरेको पाइन्छ ।![]()



Post Comment