मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका-०४ का पूर्व वडाध्यक्षको मृत्यु
८ भदौ ,सर्लाही । मोटरसाइकल दुर्घटनामा परी कविलासी नगरपालिका-४ हेमपुरका पूर्व वार्ड अध्यक्ष अरविन्द कुमार यादवको निधन भएको छ ।बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चौकमा मोटरसाइकल दुर्घटनामा यादवको निधन भएको हो। पुरनबास बाट भोज खाएर रनिया हुदै बरहथवा जाने क्रममा
राति साढे ९ बजेतिर प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकलमा सवार यादव साइकलसँग ठोक्किएर दुर्घटना हुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।उनलाई उपचारका लागि नजिकको प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
3
+1
+1
Post Comment