रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु

सारांश

  • रुपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किंदा एक युवतीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन् ।
  • दुर्घटना सोमबार बेलुकी साढे आठ बजेतिर भएको थियो ।

४ भदौ, बुटवल । रुपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किंदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन् ।दुर्घटना सोमबार बेलुकी साढे आठ बजेतिर भएको थियो । लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेकी सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको स्कुटर लु१च ६७८३ नम्बरको बोलेरो जिपमा ठोक्किएको थियो । सुष्मालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि मोटरसाइकल चालक मोटरसाइकलसहित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ
सिरहामा बालक हत्या प्रकरण : आफन्तसहित ८ जना छिमेकी पक्राउ
उदयपुरमा एक हजार १४३ किलो गाँजासहित दुई महिला पक्राउ
उदयपुरमा एक हजार १४३ किलो गाँजासहित दुई महिला पक्राउ
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बुधबार ६.३८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार
बुधबार ६.३८ अंकले बढ्यो नेप्से, ६ अर्ब ४० करोडको कारोबार
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
आईपीएलमा हैदराबादको तेस्रो जित, चेन्नईको चौथो हार
आईपीएलमा हैदराबादको तेस्रो जित, चेन्नईको चौथो हार