कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २, २०८१
|
|
४० पटक हेरिएको
Shares
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल

सारांश

  • नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुई पटक छलफल गर्ने भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि कांग्रेसले हिजो (शनिबार) आफ्ना मन्त्रीहरुसँग छलफल गरेका छन् ।
  • पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बेलुका ५ बजेबाट सुरु भएको छलफल राति १० बजेसम्म चलेको थियो ।

 

२ भदौ ,काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुई पटक छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि कांग्रेसले हिजो (शनिबार) आफ्ना मन्त्रीहरुसँग छलफल गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बेलुका ५ बजेबाट सुरु भएको छलफल राति १० बजेसम्म चलेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा दुई राज्यमन्त्रीसहितका कांग्रेसका १२ जना मन्त्रीहरु छन् ।

सो बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि सहभागी थिए । पार्टी र मन्त्रीहरुबीच समन्वय बढाउनका लागि छलफल सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?