अब सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच वटा प्रदेशमा सेवा शुरू गर्ने निर्णय गरेको हो ।
  • यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हिजो क्यान्सर उपचार सेवा विस्तार कार्यविधि २०८१ स्वीकृत गर्नुभएको छ ।
  • यो निर्णयसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अरू ठाउँमा पनि क्यान्सर उपचार सेवा विस्तार गर्नेछन् ।

 

३१ साउन, काठमाण्डाै – सरकारले सबै प्रदेशमा क्यान्सर उपचार सेवा शुरू गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर उपचार सेवाको पहुँच विस्तार गर्न थप पाँच वटा प्रदेशमा सेवा शुरू गर्ने निर्णय गरेको हो । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हिजो क्यान्सर उपचार सेवा विस्तार कार्यविधि २०८१ स्वीकृत गर्नुभएको छ । यो निर्णयसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अरू ठाउँमा पनि क्यान्सर उपचार सेवा विस्तार गर्नेछन् ।

भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा दिनेछ । यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । मन्त्री पौडेलले आमनागरिकले सहज तरिकाले क्यान्सर उपचार पाउने गरी सेवा विस्तारको कामलाई प्राथमिकता दिइएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?