३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ३०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार

सारांश

  • आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो।
  • आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ।
  • जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।

३० साउन, काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अंकको वृद्धि भएको छ।

आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो। आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ। जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ।

बैंकिङ शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ। आज नौ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ।  कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
मधेशको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस
मधेशको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस
कैलालीमा  पाँच सय ४९ नयाँ उद्योग थपिए
कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे