११ श्रावण २०८२, शनिबार

खेतमा एक वृद्धको शव फेला, हत्याको आशंका

 

३० साउन, वीरगञ्ज- रौतहटमा एक वृद्धको शव फेला परेको छ। बुधबार बिहान शंकास्पद अवस्थामा घर नजिकको खेतमा एक वृद्धको शव फेला परेको हो।

जिल्लाको गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको हो। उनको शव आफ्नै घर नजिक रहेको धान खेतमा भेटिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्। महतोको हात र कोखामा धारिलो हतियारले प्रहार गरिएको पाइएको उनले बताइन्। चोट देख्दा उनको हत्या भएको आशंका गरिएको हो।

सूचना पाएर घटनास्थल पुगेको प्रहरीले मृतक महतोको घरबाट प्याकेटमा राखिएको अवस्थामा गाजा फेला पारेको तथा उनको गोजीबाट पनि गाजा बरामद गरिएको डिएसपी गिरीले बताइन्। मृतक महतो प्रतिबन्धित गाजाको सेवनकर्ता एवम् बेचबिखनमा समेत संलगन रहेको हुन सक्ने उनले बताइन्। घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?