हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
हेलिकप्टर दुर्घटना : सरकारले बनायो तीन सदस्यीय छानबिन समिति

सारांश

  • नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
  • बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलत सुवास थापाको नेतृत्वमा तीन सदस्यीय चाँजबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
  •   आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल हुनुहुन्छ।

२३ साउन, काठमाडौं । नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलत सुवास थापाको नेतृत्वमा तीन सदस्यीय चाँजबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।  आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल हुनुहुन्छ। आयोगलाई ३० दिनको समय दिएको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हिलकोप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट अरुण मल्लसहित पाँच जनाको मृत्यु भएको थियो । अन्य चार जना चिनियाँ नागरिक थिए ।  हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा कुटपिटबाट एक जनाको हत्या
धनुषामा कुटपिटबाट एक जनाको हत्या
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल
बंगलादेश र नेपालबीच घरेलु मैदानमा मैत्रीपूर्ण खेल
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह