Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
४८ पटक हेरिएको
Shares
एक बर्षमा एनआईसी एशिया बैंक बैंकले कमायो १ अर्ब ३८ करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?

सारांश

  •  एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
  • बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
  • गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

 

२२ साउन, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १२ अर्ब २छ करोड ८८ लाख ११ हजार रुपैयाँ थियो ।

यस्तै, खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेर २ अर्ब ७७ हजार रुपैयाँ रहेको छ ।  अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ३२ करोड २४ लाख ७७ हजार रुपैयाँ थियो ।  त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशतले घटेर १३ अर्ब १६ करोड ९३ लाख ६५ हजार रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेको छ। अघिल्लो आवमा ६ अर्ब ५३ करोड ६७ लाख ९७ हजार रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा गष्त आवमा ५३.८३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ८१ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ। १४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८६ प्रतिशत बढेको छ भने कर्जा ३.९५ प्रतिशत बढेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ।  असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
संघीय संसदका दुई समितिका सभापतिहरूले लिए शपथ
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 
आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै
आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै
बालेन समर्थकले गरे ओलीको फेसबुकमा हमला
बालेन समर्थकले गरे ओलीको फेसबुकमा हमला
चार वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चार वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित
छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको गरे हत्या
छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको गरे हत्या
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु