१२ श्रावण २०८२, आईतवार

नेपाल इरानसँग पराजित

 

२० साउन, काठमाडौँ- काभा महिला भलिबल अन्तर्गत आज भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाललाई इरानले ३-२ सेटमा हराएको हो । यो सँगै नेपालले २ जित र १ हार व्यहोरेको छ । हिजो भएको खेलमा नेपाले भारतलाई पराजित गरेको थियो । आजै भएको पहिलो खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

श्रीलंका यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार बेहोरेको थियो। माल्दिभ्सले भने भारत र इरानसँग समान ३-० को सेटमा पराजय बेहोर्‍यो। आइतबार श्रीलंकाले खेल २५-२२, २५-१२, २५-१६ ले आफ्नो पक्षमा पार्‍यो। जितसँगै श्रीलंकाले तीन खेलमा चार अंक जोडेको छ। तीनै खेलमा पराजित माल्दिभ्स अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment