कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। गत वैशाख १४ देखि २६ गतेसम्म चलेको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गरिने बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
स्रोतका अनुसार आज मध्यान्ह १२ बजेतिर नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ। यस पटक कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६ सय परीक्षार्थी सहभागी छन् । बोर्डले गत वर्ष साउन ३० गते कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment