१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
३५ पटक हेरिएको
Shares
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने

सारांश

  • नेपाल सरकारले आज १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने भएको छ ।
  • सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षे विकास ऋणपत्र–२०९२ जारी गरेसँगै उक्त कदम चालेको हो ।
  • जसका लागि सो कार्यालयले २०८१ साउन १६ गते एक सूचना निकाल्दै बोलकबोल मार्फत् विकास ऋणपत्र–२०९२ बिक्री खुला गरिएको बताएको छ ।

१६ साउन,काठमाडौँ । नेपाल सरकारले आज १० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षे विकास ऋणपत्र–२०९२ जारी गरेसँगै उक्त कदम चालेको हो । जसका लागि सो कार्यालयले २०८१ साउन १६ गते एक सूचना निकाल्दै बोलकबोल मार्फत् विकास ऋणपत्र–२०९२ बिक्री खुला गरिएको बताएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्ने सूचनामा उल्लेख छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र धितोमा राखी कर्जा लिन÷दिन पाइने पनि बताएको छ । यो ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने बताइएको छ । सरकारले लिएको यो ऋणको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गर्नेछ । सो ऋण यही साउन १७ गते लिनेछ भने २०९२ साल साउन १७ गते सावाँसहित भुक्तानी गर्नेछ । सार्वजनिक ऋण व्यवस्थापनअनुसार सरकारले उठाउने ऋण दिन ईच्छुक आवेकले आज बिहान १० बजेदेखि ३ बजेसम्म आवेदन दिइसक्नुपर्ने छ । ऋण खरीद गर्न चाहनेले उक्त समयभित्र कार्यालयको डीओएमएस प्रणालीको यूआरएलबाट बोलकबोल पेश गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको भोलि म्याद थप गरिँदै
रवि लामिछानेको भोलि म्याद थप गरिँदै
थुनामा राख्ने आदेशविरुद्ध छविलाल उच्च अदालत
थुनामा राख्ने आदेशविरुद्ध छविलाल उच्च अदालत
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
पाल्पामा यार्सागुम्बा भेटिएको स्थानमा प्रवेश निषेध
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
काठमाडौंमा यी क्षेत्रमा सवारी जामको सम्भावना, यात्रु गर्नु पहिले यसरी लिनुहोस् ट्राफिक अपडेट
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
लोकतन्त्रको सुदृढीकरण गर्नमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण: राष्ट्रपति
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल