धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १५, २०८१
|
|
६० पटक हेरिएको
Shares
धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)

सारांश

  • आज असार १५ अर्थात्  धान दिवस देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ ।
  • ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।
  • विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

१५ असार, काठमाडौं । आज असार १५ अर्थात्  धान दिवस देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ ।

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ शनिबार २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि मन्त्रालयले पहिलोपटक राष्ट्रिय धान दिवस काठमाडौं उपत्यकाबाहिर मनाउन लागेको छ । मन्त्रालयले आज चितवनको बछौलीमा डेढ बिगाहामा रोपाइँ गरेर २१औं धान दिवस मनाउँदै छ । धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कृषि मन्त्री ज्वाला साह, स्थानीय जनप्रतिनिधिहरू र किसानहरू सहभागी छन् ।  प्रधानमन्त्री प्रचण्डले चितवनमा मेशिनबाट धान रोपेका छन् ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले पनि शीतल निवासमा रोपाइँ गरेका छन् । राष्ट्रपति कार्यालयले आयोजना गरेको रोपाइँ कार्यक्रममा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडेलसहित सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

तस्वीरहरू:-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो
बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु
बारामा टिपरको ठक्करबाट बालिकाको मृ*त्यु
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त
भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति
भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
सुनकोसी-मरिण डाइभर्सनका बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन
फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्दै, सेभ गर्न आग्रह
फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्दै, सेभ गर्न आग्रह