भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध

सारांश

  • असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
  • दशैंको समयमा वर्षाका कारण बाढी, पहिरो तथा भू-क्षयको जोखिम रहने भएकाले सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
  • साथै, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायहरूलाई पनि विपद् व्यवस्थापनमा सक्रिय रहन आग्रह गरिएको छ।

१७ असोज, काठमाडौ ।

असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। दशैंको समयमा वर्षाका कारण बाढी, पहिरो तथा भू-क्षयको जोखिम रहने भएकाले सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायहरूलाई पनि विपद् व्यवस्थापनमा सक्रिय रहन आग्रह गरिएको छ।

काभ्रेपलाञ्चोक प्रशासनले असोज १६ देखि २१ गतेसम्म बी.पी. राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली खण्डमा अत्यावश्यक सेवा बाहेकका सवारी साधनको आवागमन साँझ ५ बजेदेखि विहान ५ बजेसम्म निषेध गरिएको छ। यात्रु सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय लिइएको हो। कमलामाई नदी तथा अन्य खोलानालाको आसपास बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जिल्लावासीलाई दशैंको शुभकामना सहित सम्भावित विपद् न्यूनीकरणका लागि संयमता र सावधानी अपनाउन अपिल गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?