ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ९, २०८३
|
|
२११ पटक हेरिएको
Shares
ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा

सारांश

  • ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार दोस्रो चरणको निर्वाचन हुँदैछ ।
  • निर्वाचनमा वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला र दक्षिणपन्थी सिनेटर ४५ वर्षीय फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ ।
  • लुला चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा छन् ।

 

८ कात्तिक, काठमाडौं ।

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला र दक्षिणपन्थी सिनेटर ४५ वर्षीय फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ ।

लुला चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा छन् ।
यसअघि पहिलो चरणको मतदानमा अग्रस्थान हासिल गरेका फ्लाभियो बोल्सोनारोले राष्ट्रपतिमा निर्वाचित हुन दोस्रो चरणमा पनि मतदाताको समर्थन जुटाउनुपर्नेछ ।

८ कात्तिक, काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला र दक्षिणपन्थी सिनेटर ४५ वर्षीय फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ ।

लुला चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा छन् ।
यसअघि पहिलो चरणको मतदानमा अग्रस्थान हासिल गरेका फ्लाभियो बोल्सोनारोले राष्ट्रपतिमा निर्वाचित हुन दोस्रो चरणमा पनि मतदाताको समर्थन जुटाउनुपर्नेछ ।

पहिलो चरणमा पछि परेका उम्मेदवारले दोस्रो चरणमा मतान्तर उल्ट्याएर जित हासिल गरेको उदाहरण ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म नरहेको बताइएको छ ।

फ्लाभियोका समर्थकहरू अन्तिम चुनावी सभाहरूमा उत्साहित देखिएका छन् । संगठित अपराधविरुद्ध कडा कारबाही गर्ने, कर घटाउने र सरकारी खर्च कटौती गर्ने उनको प्रतिबद्धताले देशमा परिवर्तन ल्याउने समर्थकहरूको विश्वास छ ।

निर्वाचनको पूर्वसन्ध्यामा फ्लाभियोले मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेमा चुनावी अभियान सञ्चालन गरेका थिए । सन् १९८० को दशकदेखि नै यो राज्य राष्ट्रपतीय निर्वाचनका उम्मेदवारका लागि महत्त्वपूर्ण मानिँदै आएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत फ्लाभियोले समर्थकहरूलाई भनेका छन्, ‘समय अब नजिक आइसकेको छ । हाम्रो राष्ट्रको आगामी ३० वा ४० वर्षको भविष्य निर्धारण गर्न अब केही घण्टा मात्रै बाँकी छन् ।’

उनले आफ्ना पिता जैरलाई जेलमुक्त गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

रियो दि जेनेरियोको बार्रा दा तिजुकामा पनि फ्लाभियोका समर्थकहरूले राष्ट्रिय झन्डाका रङका पोसाक लगाएर चुनावी समर्थन प्रदर्शन गरेका थिए । उक्त क्षेत्रमा उनका पिता जैरको घर छ ।

‘ब्राजिललाई परिवर्तन चाहिएको छ । लामो समयदेखि वामपन्थीहरूले अर्थतन्त्र र देशलाई बिगारेपछि अहिले फ्लाभियोले परिवर्तनको प्रतिनिधित्व गर्छन्,’ एक समर्थकले बीबीसीसँग भने ।

अर्की समर्थकले फ्लाभियोको मुख्य आकर्षण ब्राजिलमा हिंसा अन्त्य गर्ने, आतंकवाद र लागुऔषध तस्करी नियन्त्रण गर्ने तथा ब्याजदर घटाउने प्रतिबद्धता रहेको बताइन् ।

निर्वाचनको परिणामले ब्राजिलको आगामी राजनीतिक दिशा, अपराध नियन्त्रण नीति, कर प्रणाली र सरकारी खर्चसम्बन्धी प्राथमिकता निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी बास्केटबलको उपाधि सुनसरीलाई
कोशी बास्केटबलको उपाधि सुनसरीलाई
मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी
मेरो सदस्यता नवीकरण भइसकेको छ : विद्यादेवी भण्डारी
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड
मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह
मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए