जडीबुटीबाट एक वर्षमा जाजरकोटवासीले कमाए २९ करोड रुपैयाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
३८४ पटक हेरिएको
Shares
जडीबुटीबाट एक वर्षमा जाजरकोटवासीले कमाए २९ करोड रुपैयाँ

सारांश

  • जाजरकोटवासीले गत आर्थिक वर्षमा जडीबुटी संकलनबाट २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
  • आर्थिक वर्ष २०८२/८३ मा जडीबुटी संकलन तथा निकासीबाट स्थानीय समुदायले २९ करोडभन्दा बढी आम्दानी गरेका हुन् ।
  • गत वर्ष जिल्लाबाट ३७ प्रजातिका जडीबुटी निकासी भएका थिए ।

१५ असोज, सुर्खेत । जाजरकोटवासीले गत आर्थिक वर्षमा जडीबुटी संकलनबाट २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा जडीबुटी संकलन तथा निकासीबाट स्थानीय समुदायले २९ करोडभन्दा बढी आम्दानी गरेका हुन् ।

गत वर्ष जिल्लाबाट ३७ प्रजातिका जडीबुटी निकासी भएका थिए । जसले ग्रामीण क्षेत्रका बासिन्दाका लागि आम्दानी र जीविकोपार्जनको बाटो खोलेको छ ।

डिभिजन वन अधिकृत दीपेश केसीका अनुसार जिल्लाबाट टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ, झ्याउ, विषफेज, धुपीको पातलगायत ३७ प्रजातिका जडीबुटी निकासी भएका छन् ।

टिमुर मात्रै एक लाख ९८ हजार ७५९ किलो निकासी भएको छ । यसमध्ये निजी आवादीबाट एक लाख तीन हजार ५५५ किलो, सामुदायिक वनबाट ५३ हजार १७ किलो र सरकारद्वारा व्यवस्थित वन क्षेत्रबाट ४२ हजार ६८७ किलो निकासी भएको कार्यालयले जनाएको छ ।

संकलन भएको स्थानमा टिमुरको मूल्य प्रतिकिलो ५५० देखि ६५० रुपैयाँसम्म पर्ने गरेको छ । औसत प्रतिकिलो ६०० रुपैयाँका दरले हिसाब गर्दा टिमुरबाट मात्रै स्थानीयले करिब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

यस्तै, झ्याउ संकलनबाट पनि ३ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको कार्यालयले जनाएको छ ।

६० प्रतिशत भू–भाग वन

जाजरकोटको कुल भू–भागको ६०.१८ प्रतिशत वन क्षेत्रले ढाकेको छ । वन, वन्यजन्तु, जडीबुटी र जैविक विविधतामा धनी जिल्लामा जडीबुटी संकलन ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको डिभिजन वन कार्यालयको निष्कर्ष छ ।

‘जडीबुटी र यसको संकलनले स्थानीय समुदायलाई आम्दानी, रोजगारी, जीविकोपार्जन र सामुदायिक विकासमा टेवा पुर्‍याएको छ,’ डिभिजन वन अधिकृत केसीले बताए ।

गत आर्थिक वर्षमा जिल्लाबाट जडीबुटी मात्रै नभई वन पैदावारबाट समेत सरकार र समुदायले आम्दानी गरेका छन् ।

डिभिजन वन कार्यालयका अनुसार उक्त अवधिमा एक करोड तीन लाख ५८ हजार ३५४ रुपैयाँ राजस्व, ६८ लाख १६ हजार १६५ रुपैयाँ मूल्य अभिवृद्धि कर तथा सामुदायिक वनबाट २ करोड ६५ लाख ७० हजार ९३४ रुपैयाँ आम्दानी भएको छ ।

अतिक्रमण र वन्यजन्तु द्वन्द्व चुनौती

जडीबुटीबाट ठूलो आम्दानी भइरहेपनि वन डढेलो, अतिक्रमण, मानव–वन्यजन्तु द्वन्द्व तथा अवैध वन पैदावार चोरी–निकासी वन संरक्षणका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।

कार्यालयका अनुसार जिल्लामा हालसम्म एक हजार २२५ दशमलव ४५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा ३८ वटा सामुदायिक वनमा ५५ पटक वन डढेलो लागेको थियो ।

सुरक्षा निकाय, वन उपभोक्ता, स्थानीय तह र समुदायको सहभागितामा डढेलो नियन्त्रण गरिएको कार्यालयले जनाएको छ ।

बाँदर, भालु, जंगली बँदेल र चितुवाबाट बालीनाली, पशुधन तथा मानवीय क्षति हुने गरेको छ । गत आर्थिक वर्षमा वन्यजन्तुबाट पीडितलाई ३ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिएको छ ।

जडीबुटीको उत्पादन विस्तारका लागि निजी आवादी, सामुदायिक वन, कबुलियती वन तथा सार्वजनिक जग्गाको करिब ४० हेक्टर क्षेत्रमा टिमुर, रिठ्ठा, सिसौ, खयर, बोधिचित्त, तेजपात, ओखर, चिउरी र बोझोलगायत करिब ५५ हजार बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालय परिसरमा रहेको बहुवर्षीय नर्सरीमा करिब ५० हजार एकवर्षीय तथा बहुवर्षीय बिरुवा उत्पादन गरिएको र करिब ११ हजार बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने
नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
रवि–छवि मुद्दाको सुनुवाइ न्यायाधीशद्वय पौडेल र विष्टको इजलाशमा
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
जेनजी आन्दोलनको क्षति बीमा दाबी भुक्तानी छिटो गराउन प्राधिकरणको निर्देशन
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा पनि आगजनी
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा पनि आगजनी
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...