विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
२८३ पटक हेरिएको
Shares
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

सारांश

  • चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ ।
  • नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.
  • ३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

 

२८ फागुन,काठमाडौं ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ । असार मसान्तमा २४ खर्ब १४ अर्ब रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महीनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति बैंकिङ क्षेत्रसँग २१.३ महीनाको वस्तु आयात तथा १८ महीनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको छ ।

मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको सार्वजनिक  अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
मलंगवा नगरपालिका वडा नं. ५ भारसरको सार्वजनिक अनुरोध
नेपाली मिति लोड हुँदैछ...

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृ*त्यु, ५ जना घाइते
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृ*त्यु, ५ जना घाइते
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा प्रस्थान
चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा प्रस्थान
चीनले अमेरिकी सामानमा थप ३४ प्रतिशत कर लगायो
चीनले अमेरिकी सामानमा थप ३४ प्रतिशत कर लगायो
डा. रञ्जित पञ्जियार रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस
डा. रञ्जित पञ्जियार रास्वपाबाट समानुपातिक सांसदका लागि सिफारिस
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
साफ यू-१९ च्याम्पियनसिप : फाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिँदै
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर