आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २७, २०८२
|
|
५० पटक हेरिएको
Shares
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
  • निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा निकायले आफ्नो सक्रियतालाई व्यापक बनाएका छन् ।
  • नेपाल सरकार र गृह मन्त्रालयको विशेष निर्णयअनुसार यसपटक निर्वाचनभन्दा झण्डै एक महिना अगावै नेपाली सेनालाई सुरक्षाका लागि मैदानमा उतारिएको छ ।

२७ माघ, रौतहट ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा निकायले आफ्नो सक्रियतालाई व्यापक बनाएका छन् । नेपाल सरकार र गृह मन्त्रालयको विशेष निर्णयअनुसार यसपटक निर्वाचनभन्दा झण्डै एक महिना अगावै नेपाली सेनालाई सुरक्षाका लागि मैदानमा उतारिएको छ । विगतका निर्वाचनहरूमा मतदानको केही दिनअघि मात्रै सेना परिचालन हुने परम्परा रहे पनि यसपटक ‘एकीकृत सुरक्षा योजना २०८२’ अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष गस्ती सुरु गरेको हो ।

विशेषगरी रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा सुरक्षा निकायको सक्रियता निकै बढाइएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक रूपा लाबुङका अनुसार मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति गराउन तिनै वटा सुरक्षा निकायको संयुक्त टोलीले दैनिक रूपमा पैदल तथा मोबाइल गस्ती (पेट्रोलिङ) गरिरहेको छ ।‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु हाम्रो मुख्य उद्देश्य हो ।’

डीएसपी लाबुङले भनिन, ‘सम्भावित डर–त्रास हटाउन र सुरक्षा चुनौतीको सामना गर्न सेनासहितको टोलीले नियमित निगरानी गरिरहेको छ ।’ सुरक्षा निकायले जिल्लाका भौगोलिक विकटता र विगतका निर्वाचनका घटनाहरूलाई आधार मानी ‘अतिसंवेदनशील’ र ‘संवेदनशील’ क्षेत्रहरूको पहिचान गरी विशेष निगरानी बढाएको छ । संयुक्त टोलीले मतदान स्थलहरूको भौतिक अवस्था, प्रवेश तथा निकास मार्ग र सुरक्षाका सम्भावित चुनौतीहरूको समेत सूक्ष्म विश्लेषण गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै
सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते
सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा
सभापति कपको फाइनल पुग्न एनआरटी र बागमती भिड्दै
सभापति कपको फाइनल पुग्न एनआरटी र बागमती भिड्दै
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
ओलीभन्दा बालेन दोब्बर मतले अगाडि
ओलीभन्दा बालेन दोब्बर मतले अगाडि