प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा

Raju Yadav Raju Yadav
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
३ पटक हेरिएको
Shares
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा

सारांश

  • १८ कात्तिक, काठमाडौं।
  • जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्।
  • प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो।

१८ कात्तिक, काठमाडौं।

जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्।प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो। तोडफोडमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले खबर गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित हुन भनेको थियो। प्रहरीले बोलाएपछि ८ जना आफैं उपस्थित भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताए।

आफैं उपस्थित हुनेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका ३४ वर्षीय रामशरण परियार, काभ्रेको बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, सर्लाहीको लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री, काभ्रेको नमोबुद्ध नगरपालिका–१ का २२ वर्षीय अमृत सुनुवार छन्। यस्तै, महोत्तरीको सोनाम गाउँपालिका–८ का १८ वर्षीइ प्रह्लादकुमार ठाकुर, भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बम्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय विकाश तामाङ पनि उपस्थित भएका छन्। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको एआईजी कार्कीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
चार वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चार वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
अछाम केन्द्रबिन्दु भएर भूकम्प
अछाम केन्द्रबिन्दु भएर भूकम्प
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर