अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन
सारांश
- २२ साउन, काठमाडौं ।
- नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य हेरफेर गरेको छ ।
- सदस्य मनरोमा शेरचन र संगिता मण्डल धानुकको ठाउँमा सीता मिजार र नगिना यादवलाई ल्याइएको छ ।
२२ साउन, काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य हेरफेर गरेको छ । सदस्य मनरोमा शेरचन र संगिता मण्डल धानुकको ठाउँमा सीता मिजार र नगिना यादवलाई ल्याइएको छ । शेरचन उद्योग र धानुकलाई कानुन समितिमा लगिएको छ । यसअघि मिजार उद्योग समिति र यादव कानुन समितिमा थिइन् । शिक्षा विधेयक पारित गर्ने अन्तिम चरणमा पुगेपछि कांग्रेसले समिति सदस्य हेरफेर गरेको हो ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम प्रतिनिधिसभाको विषयगत समितिहरूमा सदस्यहरूको नाम थप तथा हेरफेर गरिएको संसद् सचिवालयले जनाएको छ । यसअघि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पनि शिक्षा समितिमा आएका थिए । विद्यालय शिक्षा विधेयक पास गर्नेगरी आज शिक्षा समितिको बैठक बस्दै छ ।



प्रतिक्रिया