लगातार चौथो कारोबार दिन घट्यो सेयर बजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
लगातार चौथो कारोबार दिन घट्यो सेयर बजार

सारांश

  • लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ ।
  • साताको पहिलो दिनदेखि घटिरहेको बजार बुधबार थप ३२.
  • ३८ अंक घट्यो ।

१० वैशाख, काठमाडौं ।

लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । साताको पहिलो दिनदेखि घटिरहेको बजार बुधबार थप ३२.३८ अंक घट्यो । सो गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भयो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ र्ब ३२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।

२८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ प्रतिशत घट्यो । अधिकांश सेक्टर १ प्रतिशतभन्दा धेरै घटेका छन् । बैंकिङ १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार ०.३० प्रतिशत घटे । उत्पादन समूह १ अंकमुनि हरियो रह्यो । दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राधि विद्युतको ४.३३, र विन्ध्यबासिनी हाइड्रोपावरको २.७० प्रतिशत बढ्यो ।

बुधबार धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल छन् । तीन कारण, जसले झार्‍यो बजार चार दिनयता बजार लगातार घट्नुका पछाडि मुख्यतः तीन कारण देखिएका छन् । पहिलो कारण ः बैंकहरुको कमजोर वित्तीय विवरण । अधिकांशले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण कमजोर देखिएपछि त्यसयता बजार घटिरहेको छ । त्यस्तै विभिन्न पक्षको आन्दोलनले पनि लगानीकर्ताको मनोभावलाई असर पारेको छ । पछिल्लो पटक गभर्नर नियुक्ति प्रक्रिया थप गिजोलिएपछि लगानीकर्ता सशंकित बनेका छन् । गभर्नर नियुक्तिका लागि गठन भएको सिफारिस समितिका एक सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि अन्यौलता बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : सांसद खड्का
नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : सांसद खड्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए
जनकपुरले गुमायो तेस्रो विकेट
जनकपुरले गुमायो तेस्रो विकेट
भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन
भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण