राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस

सारांश

  • प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।
  • राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो ।
  • उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

७ वैशाख, काठमाडौं ।

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई प्रहरीले सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि अध्यक्ष लिङ्दनेसहितका नेताहरु माइतीघर–बिजुलीबजार–बानेश्वर सडकखण्डमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन पाएनन् । प्रदर्शनकारीहरु भने माइतीघरतर्फ गइरहेका छन् । उनीहरुले ‘हाम्रा नेता रिहा गर’, ‘हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाएका छन् । राप्रपाले आज तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ । कार्यकर्ताहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन सुरु गरिसक्दा राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा थिए ।

प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए । प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नेता दीपक सिंहले प्रहरीले पार्टी अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले प्रहरीले गलत काम गरेको भन्दै विरोध समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी तुलाधरलाई
किराँत समुदायले आज उभौली पर्व मनाउँदै
किराँत समुदायले आज उभौली पर्व मनाउँदै
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए
सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए
अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड