सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

धनगढीमा जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
धनगढीमा जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ

सारांश

  • धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।
  • धनगढी उपमहानगरपालिका -३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
  • पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका-२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको डीएसपी बोहराले बताए ।

 

३० चैत, धनगढी ।

धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका -३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका-२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको डीएसपी बोहराले बताए । यस्तै  बझाङको छविस पाथिभेरा गाउँपालिका- २ ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका-१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट एक लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने तीन गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?