अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ११, २०८१
|
|
३४ पटक हेरिएको
Shares
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी

सारांश

  • कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ।
  • घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा तीन सातादेखि उनीहरू बस्दै आएका थिए।
  • स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै निर्देशन दिएको थियो।

११ चैत काठमाडौँ ।

कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ। घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा तीन सातादेखि उनीहरू बस्दै आएका थिए। स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै निर्देशन दिएको थियो। तर बाटोखर्च नभएकाजस्ता विभिन्न समस्या देखाएर उनीहरू जंगलमै बसिरहेका थिए।

यी विदेशी नागरिकहरूमध्ये केही सोमबार उक्त ठाउँ छाडेर अन्यत्र गएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले एक सय ५० जनाभन्दा बढी विदेशी नागरिकहरू सिमली जंगल बिनाअनुमति बस्दै आएकोमा हटाउन थालिएको बताए। ‘विदेशी नागरिकहरू केही दिनयता सिमली जंगल छाडिरहेका छन्। सोमबार १६ जनाले जंगल छाडेर गन्तव्यतर्फ लागेका छन्,’ उनले भने।

अमेरिका, भारत, चीन लगाएत विभिन्न देशका मानिसहरू जंगलमा बस्दै आएको सूचना पाएपछि स्थानीय प्रशासनले जंगलमै पुगेर सोधपुछ गरेको थियो। गत बुधबार प्रमुख जिल्ला अधिकारी हमाल पनि जंगलमा पुगेर उनीहरूलाई भेटेका थिए। साथै २४ घन्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
राजावादी आन्दोलनको चौथो दिन, आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
राजावादी आन्दोलनको चौथो दिन, आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता
मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ