काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै

सारांश

  • काठमाडौंका तीन ठाउँमा आज (शुक्रबार) विभिन्न समूहले प्रदर्शन गर्दैछन् ।
  • नेकपा एमालेले काठमाडौंमा आज जागरण सभा गर्ने भएको छ ।
  • काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

 

७ मंसिर, काठमाडौं । काठमाडौंका तीन ठाउँमा आज (शुक्रबार) विभिन्न समूहले प्रदर्शन गर्दैछन् । नेकपा एमालेले काठमाडौंमा आज जागरण सभा गर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट  र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ । यस्तै माइतीघरमा सहकारी पीडितहरूको प्रदर्शन चलिरहेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले पनि आजै काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दैछ ।  पाँच हजार बढी प्रहरी र ५०० ट्राफिक प्रहरी खटिंदै ,एकै दिन तीन ठाउँमा फरक–फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए । त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन पाँच सय बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए । ‘नागरिकको जनजीवन तथा आवतजावत सहज र सुरक्षित होस् भन्ने विषयमा सुरक्षा हामी प्रतिबद्ध छौं ।  त्यसका लागि थप ५-६ हजार प्रहरी र पाँच सयभन्दा बढी ट्राफिक प्रहरी खटाएका छौं,’ उनले भने ।

त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने छन् । त्यसका लागि काठमाडौंमै पर्याप्त प्रहरी रहेको पनि उनले बताए। ‘प्रहरीले लगातार पेट्रोलिङ पनि गर्छ। कहीँ कतै अप्रिय घटना नहोस् भन्नका लागि हामी संवेदनशील छौं र पर्याप्त मात्रामा सुरक्षा व्यवस्था मिलाइएको छ,’ प्रजिअ आचार्यले बताए । सुरक्षा संवेदनशीलता र यातायातलाई मध्येनजर गरेर नै प्रदर्शन गर्ने ठाउँको दूरी टाढा बनाइएको पनि प्रजिअ आचार्यले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...