गोरखामा एक महिलाको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २४, २०८१
|
|
१४८ पटक हेरिएको
Shares
गोरखामा एक महिलाको हत्या

सारांश

  • गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ ।
  • २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
  • उनको उपचारको क्रममा विहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले जानकारी दिए ।

२४ असोज, गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनको उपचारको क्रममा विहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले जानकारी दिए । धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो ।

दमौली अस्पतालका चिकित्सकले आज बिहान दुई बजे मृत घोषणा गरेको प्रहरी इन्सपेक्टर कार्कीले जानकारी दिए । प्रहरीका अनुसार उनका श्रीमान राजु कुमाल विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् । प्रहरीका अनुसार राति घर नजिकै साँस्कृतिक कार्यक्रम थियो । साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरी इन्सपेक्टर कार्कीका अनुसार उनको मोबाइल बरामद गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
कुलमानको एक्सन: अनियमिततामा मुछिएका इटहरीका सवारी परीक्षण प्रमुख र लेखापाल मन्त्रालय तानिए
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
फणीन्द्र देवकोटाले लिए दोस्रो पटक मन्त्रीको शपथ
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...