रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ६, २०८१
|
|
५२ पटक हेरिएको
Shares
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन

सारांश

  • सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए ।
  • ‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् ।
  • आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन ।

 

६ असोज , काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए ।

‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस् । आँट भए आऊ, तर मलाई षड्यन्त्र गरेर होइन । चुनाव लडेर जित्नुस् । यस्तो षड्यन्त्र गरेर होइन’, उनले भने । लामिछानेले आफूले प्रमाण मागेको र अनुसन्धानका हरेक प्रक्रियामा सघाएको उल्लेख गरे ।

रास्वपाका सभापति रवि लामिछानेले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताएका छन् । आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको बारे आक्रोश पोख्दै लामिछानेले आइतबार राति पार्टी कार्यालयमा ​समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।‘मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन’, उनले भने, ‘सबैलाई हेक्का होस्, दुई तिहाइको सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन’, उनले समर्थकहरूमाझ भने । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ