गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ६, २०८१
|
|
७४ पटक हेरिएको
Shares
गहना बेचेको २ करोड नउठेपछि परिवारका ९ सदस्यले पिए विष

सारांश

  • भारतीय राज्य गुजरातको राजकोट सहरमा एक ज्वेलर्स परिवारका ९ सदस्यले विष खाएर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ।
  • भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईका केही व्यापारीबाट करिब २ करोड रुपैयाँ लिनु छ, तर तिनले अहिलेसम्म दिएका छैनन्।
  • जसले गर्दा उक्त परिवार आर्थिक संकटमा परेको छ।

६ असोज , । भारतीय राज्य गुजरातको राजकोट सहरमा एक ज्वेलर्स परिवारका ९ सदस्यले विष खाएर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईका केही व्यापारीबाट करिब २ करोड रुपैयाँ लिनु छ, तर तिनले अहिलेसम्म दिएका छैनन्। जसले गर्दा उक्त परिवार आर्थिक संकटमा परेको छ। सोही कारण गुन्डावाडी क्षेत्रमा बसोबास गर्ने अडेसरा परिवारका ९ जनाले शुक्रबार राति विष खाएर आत्महत्या गर्ने प्रयास गरेको एक प्रहरी अधिकृतले शनिबार जानकारी दिए।भक्तिनगर प्रहरी चौकीका इन्स्पेक्टर मयुरध्वज सर्वैयाका अनुसार अडेसरा परिवारले गत वर्ष मुम्बईका दुई व्यवसायीलाई करिब २ करोड रुपैयाँ बराबरको ३ किलो सुनका गहना बेचेको थियो। जसको पैसा ती व्यापारीले अहिलेसम्म तिरेका छैनन्। यस्तो अवस्थामा उनीहरूको ठगीबाट त्रसित आडेसरा परिवारले आत्महत्या प्रयास गरेका हुन्।तर विष पिइसकेछि उनीहरू आफैँले एम्बुलेन्स बोलाए, त्यसपछि उनीहरूलाई अस्पताल लगियो। अहिले सबै जनाको अवस्था स्थिर रहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयसहित १४ भन्दा बढी घर बगायो, ७ वटा जोखिममा
विद्यालयसहित १४ भन्दा बढी घर बगायो, ७ वटा जोखिममा
यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
मलङ्गवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुने
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
आज राष्ट्रिय सभाको बैठक बस्दैँ
राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा
राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले
चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड
चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
विधेयकमा छुटेका यी २५ बुँदा समेट्न शिक्षक सङ्गठनको माग
काठमाडौं उपत्यकामा ३ दिनमा ३ हत्या
काठमाडौं उपत्यकामा ३ दिनमा ३ हत्या