बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १३, २०८१
|
|
४१ पटक हेरिएको
Shares
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो

सारांश

  • बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
  • गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ ।

 

१३ भदौ ,नेपालगन्ज । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उपचारका क्रममा दाङ, घोराहीका ३० वर्षीय बिमल राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको डिएसपी डाँगीले बताउनुभयो । यसअघि सोही दुर्घटनामा परेर दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा मृत्यु भएको थियो ।दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस कोहलपुर नेपालगन्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार दुर्घटनामा परेका घाइते २६ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । उहाँले भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चार जनाको उपचार भइरहेको बताउनुभयो । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा उहाँ सामान्य घाइते भएकोले डिस्चार्ज भइसक्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
हेटौँडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
लागु औषधसहित १७ जना पक्राउ
लागु औषधसहित १७ जना पक्राउ
स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ
स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ
५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गरिनेछ- मन्त्री रावल
५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गरिनेछ- मन्त्री रावल
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
खेलाडीले देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान गरेका छन् : प्रधानमन्त्री ओली
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेश
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ, साइबर अपराधको मुद्दा
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध