अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

सारांश

  • अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
  • सुर्खेत-जुम्ला सडकखण्ड अन्तर्गत मंगलबार रातिदेखिको वर्षाले कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
  • सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

 

५ भदौ, जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेत-जुम्ला सडकखण्ड अन्तर्गत मंगलबार रातिदेखिको वर्षाले कालीकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीरबहादुर जिटीका अनुसार अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । बर्खायाममा कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

पटकपटक पहिरो गइरहने जोखिम ठाउँहरुमा सडक स्तरोन्नति गर्न सम्बन्धित निकायको ध्यान नदिँदा वर्षैपिच्छे यात्रुले सास्ती पाउँदै आएका छन् । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?