ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
४१ पटक हेरिएको
Shares
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

सारांश

  • विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य रहेका थिए।
  • विमानमा सवार सबैकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
  •   भाेइपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो।

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाकाे मृत्यु भएकाे छ। विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य रहेका थिए। विमानमा सवार सबैकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भाेइपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो। तर विमान विन्हेडाे सहरमा दुर्घटनाग्रस्त भयो।

विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ। दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला डी सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...