कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

सारांश

  • प्रहरीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेको छ ।
  • मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।
  • सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका स्रोतले जानकारी दिएको छ ।

८ जेठ, काठमाडौँ । प्रहरीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेको छ ।

मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका स्रोतले जानकारी दिएको छ । पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।

‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ विज्ञप्तिमा सिरोहियाले भनेका छन्, ‘तर, कान्तिपुर हरेक घडीमा निर्भिक रूपमा उभिँदै आएको छ ।’ सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँके बाट ब्राउन सुगरसहित दुई पक्राउ
बाँके बाट ब्राउन सुगरसहित दुई पक्राउ
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)
सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : अध्यक्ष यादव
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : अध्यक्ष यादव
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष