हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट एक वृद्धाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २३, २०८१
|
|
७२ पटक हेरिएको
Shares
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट एक वृद्धाको मृत्यु

सारांश

  • हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाकी एक वृद्धाको मृत्यु भएको भनिएको घटना अझै पुष्टि हुन सकेको छैन ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती वृद्धाको ‘पोस्टमार्टम’ औषधिले नै निधन भएको पुष्टि नभएकाले थप परीक्षण गर्न लागिएकाले विस्तृत रिपोर्ट आउन तीनदेखि पाँच दिन लाग्ने जनाएको छ ।
  • पोस्टमार्टम रिपोर्टले हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले निधन भएको पुष्टि हुन सकेन,’ मन्त्रालयका प्रवक्ता डा.

२३ वैशाख, काठमाडौँ । हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाकी एक वृद्धाको मृत्यु भएको भनिएको घटना अझै पुष्टि हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती वृद्धाको ‘पोस्टमार्टम’ औषधिले नै निधन भएको पुष्टि नभएकाले थप परीक्षण गर्न लागिएकाले विस्तृत रिपोर्ट आउन तीनदेखि पाँच दिन लाग्ने जनाएको छ । पोस्टमार्टम रिपोर्टले हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले निधन भएको पुष्टि हुन सकेन,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘थप जाँचका लागि तीन दिनदेखि पाँच दिन लाग्ने भएको हो ।’ भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको गत बिहीबार मृत्यु भएको थियो ।

 

उनको हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको परिवारको भनाइ छ । झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान वैशाख १६ गतेदेखि जारी छ । यो अभियान दुई साता सम्ममा जारी रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?