सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा

सारांश

  • सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का  लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
  • यसअघि विना विभागीय मन्त्रीको शपथ लिएका चौधरीलाई बिहीबार जिम्मेवारी दिएपछि उनले पदभार ग्रहण गरेका छन् ।
  • नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिममा पनि एमाले-माओवादीसहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

१५ चैत, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का  लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघि विना विभागीय मन्त्रीको शपथ लिएका चौधरीलाई बिहीबार जिम्मेवारी दिएपछि उनले पदभार ग्रहण गरेका छन् ।नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिममा पनि एमाले-माओवादीसहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका मन्त्रीहरूसँग छलफल गरी विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तायारी गरेका थिए । नाउपाका अर्का मन्त्री खुसीराम चौधरीको भने जिम्मेवारी तोकिएको छैन । उनलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने मुख्यमन्त्रीको तयारी छ ।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका ५ जना मन्त्री छन् । मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् । मुख्यमन्त्री शाहले प्रदेशसभामा आफ्नो बहुमत कायम राख्न नाउपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थन लिने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा
कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा
गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
टी-२० विश्वकप : आज दुई खेल हुने
टी-२० विश्वकप : आज दुई खेल हुने
गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते
गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
गाजाबाट प्यालेस्टाइनीहरूलाई हटाउनका लागि ५ अर्ब डलर खर्च गर्ने योजना सार्वजनिक
आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन