दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ३०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी

सारांश

  • दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ ।
  • उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन्।
  • कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् ।

३० कात्तिक, काठमाडौं । दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन्। कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७५० रुपैयाँका धनमाल चोरिएका छन् ।

त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको एसएसपी मैनालीले जानकारी दिए । यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही २० दिनको अवधिमा काठमाडौंको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्नको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
यी हुन् कुलेखानी ड्याम खोलेपछि पहिरोमा बेपत्ता भएका ६ विद्यार्थी (नामावली)
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृ*त्यु
सिरहामा हावाहुरीको कहर : छतको रेलिङ खस्दा वृद्ध महिलाको मृ*त्यु
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीबीच चुनावी मोर्चाबन्दी
कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड
बालकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा आन्दोलन र तोडफोड