प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छन् ।
  • चीन भ्रमणका विषयमा सुझाव लिन प्रधानमन्त्रीले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छन् । चीन भ्रमणका विषयमा सुझाव लिन प्रधानमन्त्रीले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन् । बैठक अहिले जारी छ ।

बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनमतका सिके राउत, लोसपाका महन्थ ठाकुरलगायत नेताहरू सहभागी छन् । त्यस्तै पूर्व कुटनीतिज्ञहरू पनि सहभागी छन् । प्रधानमन्त्री राष्ट्र संघीय महासभामा भाग लिन ३० भदौमा अमेरिका जाँदैछन् । उनी अमेरिकाबाटै चीन भ्रमणमा जानेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
कम्युनिष्ट किताब पढेर मात्रै जनयुद्ध सुरु भएको होइन : प्रचण्ड
एक हजार दरका नयाँ बैंकनोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई
एक हजार दरका नयाँ बैंकनोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई
प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश
प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश