२६ जेष्ठ २०८२, आईतवार

पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो

 

७ साउन, काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान  खसेको लेदोसहितको पहिरो खसेको हो । लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी नै सडक अवरुद्ध इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार बाटो बन्द भएपछि सवारी साधनहरूको लामो लाइन लागेको छ । मुग्लिन-नारायणघाट सडक भने सञ्चालनमा रहेको छ । बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?